क्याम्पसको १८ औ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज क्याम्पस परिसरमा निशुल्क स्वास्थ्य शिविर (दन्तरोग, आँखा रोग र जनरल रोग) तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रारम्भ सस्थाका अध्यक्ष डा। बशिधर मिश्रले गर्नुभयो ।MMIHS, MMTH,खोला प्रवेश मार्ग उपभोक्ता समिति को सयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा दन्त रोग परीक्षण ७३ जना, जनरल परिक्षण ५० जना र आँखा रोग परिक्षण १६५ जना र स्तन परिक्षण ४५ जनाले सेवा लिनुभएको थियो । उक्त कार्यक्रममा ७८ जनाले रक्तदान गर्नु भएको थियो । सहभा गी रक्तदाताहरुलाइ अध्यक्ष डा. बशिधर मिश्र, उपाध्यक्ष जीवन प्रकाश शर्मा तथा क्याम्पस प्रमुख डा धर्म प्रसाद खनालले प्रमाणपत्र बितरण गर्नु भएको थियो । आँखा रोग बिशेषज्ञ डा. मनिस खतिवडा, जनरल रोग बिशेषज्ञ डा.अर्जुन श्रेष्ठ , दन्तरोग बिशेषज्ञ डा. मिन बुढाथोकी र बसन्त अर्याल चिकित्सकिय टोली लगायत कार्यक्रममा सम्लग्न सम्पूर्णलाई क्याम्पसले बिशेष धन्यवाद दिएको थियो ।