मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजमा अध्ययनरत स्नातक तहका बिद्यार्थीहरुलाई इ मोटरसाइकलका वारेमा जानकारी मुलक कक्षा तथा इ मोटरसाइकल टेष्ट डाइभ कार्यक्रम सम्पन्न भएको छ । केडिया अर्गनाइजेसन द्धारा आयोजत यस कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले बिद्यार्थीहरुलाई बिषयगत ज्ञान मात्र नभई दैनिक जिवनमा प्रयोग हुने सवारी साधनको समेत जानकारी दिने हेतुले यस कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भएको थियो भने केडिया अर्गनाइजेसनका टिमले इ मोटरसाइकलका वारेमा तथा टेष्ट डाइभ मार्फत बिद्यार्थीहरुलाई इ मोटरसाइकलका फाइदाहरुको वारेमा जानकारी गराउनु भएको थियो ।