क्याम्पसको १८ औ वार्षिकोत्सव अवसरमा मिति २०८१ माघ २७ गते आयोजित बादबिवाद प्रतियोगितामा "पठनपाठनमा Artificial Intelligence (AI) को फाइदा तथा बेफाइदा " को पक्ष बिपक्षमा भएको प्रतियोगितामा बिपक्षी प्रतियोगी BPH कार्यक्रमका छात्रा स्वीकृति पोखरेल प्रथम, पक्षका प्रतियोगी BSc MLT का छात्रा मोनिका रिजाल द्धितीय र पक्षका प्रतियोगी B. Pharmacy का छात्रा तुलसी थापा तृतिय स्थान प्राप्त गरेका छन । उक्त कार्यक्रममा बिद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सो प्रतियोगिताको निर्णायक मण्डलमा इ. प्रशिस पौडेल र राजिव मिश्र रहनु भएको थियो । प्रतियोगितामा प्रथम द्धितिय तृतिय हुने बिद्यार्थीहरुलाई संस्थाको उपाध्यक्ष एव आन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजकले बधाई दिनुभएको थियो । कार्यक्रमको संयोजन डा. सुमन चन्द्र गुरु ङ्गले गर्नु भएको थियो भने कमिटिका सदस्यहरु बिभागिय प्रमुखहरुको उपस्थिति थियो ।