NOTICES
MMIHS MMIHS

निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

 क्याम्पसको १९ औ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज क्याम्पस परिसरमा निशुल्क स्वास्थ्य शिविर दन्तरोग, नाक,कान, घाटी रोग, युरोरोग, स्त्रीरोग तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रारम्भमा सस्थाका अध्यक्ष डा. बशिधर मिश्रले क्याम्पसले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम आयोजना भएको बताउनु भयो । मनमोहन मेमोरियल शिक्षण अस्पताल, मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज् र खोला प्रवेश मार्ग उपभोक्ता समिति को सयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा १५६ जनाले सेवा लिनुभएको थियो । उक्त कार्यक्रममा ५० जनाले रक्तदान गर्नु भएको थियो । सहभागी रक्तदाताहरुलाइ उपाध्यक्ष जीवन प्रकाश शर्मा, वडा सदस्य रामबाबु कोइराला तथा क्याम्पस प्रमुख डा धर्म प्रसाद खनालले प्रमाणपत्र बितरण गर्नु भयो । कार्यक्रममा नाक, कान, घाटी रोग बिशेषज्ञ डा. डिवित अधिकारी, दन्तरोग बिशेषज्ञ डा. मिन बुढाथोकी, युरोरोग बिशेषज्ञ डा. एङगेल्स न्योपाने र स्त्री रोग बिशेषज्ञ डा. मनोहर दिन सैैयद, र बल्ड बैक इन्चार्ज बसन्त अर्याल लयायतको चिकित्सकीय टोलीले सेवा पुराउनु भएको थियो । उक्त कार्यक्रममा नेको नेपालका उपाध्यक्ष इ.गम्भिरलाल श्रेष्ठ, सह सचिव हरिकुमार श्रेष्ठ, सहायक क्याम्पस प्रमुख प्रा दुर्गा मिश्र , बिभागिय प्रमुखहरु प्रा. मन्दिरा वन्त, डा. खड्ग बहादुर श्रेष्ठ, सोम कान्त बराल, दिप्ती पिया बानिया र शिक्षक, कर्मचारी ,अभिभावक र बिद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सो कार्यक्रमको संयोजन बिभागिय प्रमुख सोम कान्त बरालले गर्नु भएको थियो । कार्यक्रममा संलग्न सम्पूर्ण स्वास्थय टोली लगायत सेवाग्राहीलाई क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले धन्यवाद दिनु भएको थियो ।

02 Feb 2026