Notices:

नँया वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

नँया वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

 
मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले नँया वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस प्रमुख डा.धर्म प्रसाद खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सस्थाका अध्यक्ष डा. बशिधर मिश्र, उपाध्यक्ष इ. गम्भिरलाल श्रेष्ठ, सचिव डा. रामकुमार अधिकारी, मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका डीन प्रा.दुर्गा मिश्रले क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा बिद्यार्थीहरुलाई नँया वर्षको सुखद उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभ कामना व्यक्त गर्नु भएको थियो। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य पुष्पराज खनाल, डा.रामराज पन्थी , श्याम बहादुर श्रेष्ठ, नेको नपालका प्रमुख कार्यकारी अधिकृत गोपालकृष्ण श्रेष्ठ र  बिभागिय प्रमुखहरु प्रा.मन्दिरा वन्त, सोमकान्त बराल, दिप्ती पिया वानिया लगायत अन्य शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । त्यसै अवसरमा २०८२ को शैक्षिक क्यालेण्डर समेत बिमोचन गरिएको थियो ।